मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी | Khabarhub Khabarhub

मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् । 

जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलनअन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन्दोलनको कार्यक्रम संयोजक विजय यादवले बताए ।

प्रदेश कृषि मन्त्रालयको किसानका योजनाहरूमा व्यापक भ्रष्टाचार भएको, कृषकहरूलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै कारबाहीका लागि किसानहरू मन्त्रालयमा पुगेको जनमत पार्टी धनुषाले दाबी गरेको छ । 

मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानविन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग रहेको जनमत पार्टी धनुष इन्चार्ज बीपी साहले बताए ।

यादवले भने ‘किसानको माग सम्बोधन नभए मन्त्रीहरूलाई जनकारवाही हुनेछ । त्यसका लागि मन्त्री ज्यूहरू तयार रहनु होला’। यसैबीच किसान आन्दोलन अन्तरगत जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : ३९ बजे

गण्डकीको बजेटमा माओवादीको आपत्ति

पोखरा– प्रमुख प्रतिपक्षी दल माओवादीको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको

सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

काठमाडौं– ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक