मल्टिब्राण्ड सपिङ स्टोर बिग डिजिटलको उद्घाटन « Khabarhub

मल्टिब्राण्ड सपिङ स्टोर बिग डिजिटलको उद्घाटन


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरको ग्वार्कोमा नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड सपिङ स्टोर बिग डिजिटलको आज देखि शुभारम्भ भएको छ । नायिका तथा उत्तबिग डिजिटल ब्रान्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटल स्टोरको उद्घाटन गरेकी हुन् ।

उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरू ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेकी थिइन् । त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रिय स्तरका विविधब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरूलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताए ।

 उनले भने ‘नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकाङ्क्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमानै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ।’ यस सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्यवादन लगायतका उत्पादनहरू उपलब्ध  गरिने उनले बताए ।

 ग्राहकले खरिद गर्दा लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारको अलावा शतप्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्ने बताइएको छ । त्यसैगरी ग्राहकहरूले खरिद गरेको समानको घरमा निः शुल्क डेलिभरी र जडानको सुविधा पनि रहेको बिग डिजिटल श्रोतले जनाएको छ । 

यस्तै बिग डिजिटलको काठमाडौँ उपत्यकाका विभिन्न ४ नयाँ ठाउँहरूमा तत्कालै आफ्नो स्टोरहरू विस्तार गर्ने अल्पकालीन योजना रहेको बताएको छ । यसका साथै देशका सातवटा प्रदेशहरूमा नयाँ स्टोरहरूकाे स्थापना गर्ने  दीर्घकालीन योजना रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ६ : ०५ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको