चर्को विरोधका बावजुद चिनियाँ कम्पनीले बोस्निया हर्जगोभिनामा जलविद्युत परियोजना थाल्ने « Khabarhub

चर्को विरोधका बावजुद चिनियाँ कम्पनीले बोस्निया हर्जगोभिनामा जलविद्युत परियोजना थाल्ने


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आवश्यक वैधानिक अनुमतिबिना र स्थानीय अभियानकर्मीहरुको चर्को विरोधका बावजुद युरोपेली मुलुक बोस्निया हर्जगोभिनामा चिनियाँ कम्पनीले जलविद्युत परियोजना अघि बढाउने भएको छ ।

सन् २०१९ मा बोस्निया हर्जगोभिनाको स्वशासित क्षेत्र रिपब्लिका स्रप्स्काका प्रधानमन्त्री राडोभान भिस्कोभिचले यस परियोजनासम्बन्धी सम्झौतामा चीनको राज्य सञ्चालित नेशनल एरो–टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनसँग हस्ताक्षार गरेका थिए । यो परियोजनाको लागत १० करोड ७० लाख अमेरिकी डलर रहेको छ ।

प्रस्तावित परियोजना बोस्निया हर्जगोभिनामा सर्ब जातिको बाहुल्यता रहेको क्षेत्र भएर बगने बिस्ट्रिका नदीमा निर्माण गरिने योजना छ । यद्यपि अभियानकर्मीहरुले भने यो परियोजनासँग आवश्यक वातावरणीय अनुमती नभएको भन्दै यसको विरोध गर्दै आएका छन् ।

उनीहरुका अनुसार यस परियोजनाले नदी र आसपासका क्षेत्रमा प्रतिकूल वातावरणीय प्रभाव पार्नेछ ।

‘हामीले यसबारेको अध्ययन प्रतिवेदन हेरेका छौँ ।’ परियोजना निर्माण गर्न लागिएको बान्या लुका क्षेत्रमा सक्रिय पर्यावरणसम्बन्धी संस्था सेन्टर फर द इन्भारोन्मेन्टकी प्रमुख येलेना इभानिचले रेडियो फ्रि युरोपलाई भनिन्, ‘यो निकै विवादस्पद छ ।’

उनका अनुसार उक्त प्रतिवेदनमा आवश्यक तथ्यांक पनि समावेश गरिएको छैन । यसबाहेक यस परियोजनालाई तयारी कार्य मात्रै गर्ने अनुमति प्राप्त छ ।

पछिल्लो समय चीनले बोस्निया हर्जगोभिनासहित दक्षिणी युरोपको बाल्कन क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको बताइएको छ ।

सन् २०२१ मा बुल्गेरियामा रहेको सेन्टर फर स्टडी अफ डेमोक्रेसी नामक संस्थाले गरेको अध्ययनमा बोस्निया हर्जगोभिनासहित हंगेरी, मोन्टेनेग्रो, सर्बियाजस्ता मुलुकमा चिनियाँ पुँजी भित्रिएसँगै ती मुलुकको व्यवसायिक वातावरण खस्किँदै गएको र विधिको शासनमा पनि ह्रास आएको पाइएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ३५ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा