कश्मीरमा गाउँलेले दुई आतंककारीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए « Khabarhub

कश्मीरमा गाउँलेले दुई आतंककारीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत प्रशासित कश्मीरमा स्थानीय बासिन्दाहरुले दुई जना आतंककारीलाई नियन्त्रणमा लिई सुरक्षाकर्मीलाई बुझाएका छन् ।

जम्मु कश्मीरको टुक्सोन ढोक गाउँमा गाउँलेहरुले आतंकवादी संगठन लस्कर ए तैएबाका दुई लडकुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

गाउँलेले प्रहरीलाई जिम्मा लगाएका संदिग्ध नजिकैको राजौरी गाउँका तालिब हुसैन र पुलावामाका फैसल अहमद दार रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुको साथबाट दुई एके ४७ राइफल, सातवटा विफोटक पदार्थ, एक पेस्तोल र भारी मात्रामा गोलीगठ्ठा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाएअनुसार प्रहरीको नियन्त्रणमा रहेका तालिब हुसैन लस्कर ए तैएबाका नेता कसिमसँग निरन्तर सम्पर्कमा रहँदै आएका थिए ।

हाल पाकिस्तानमा लुकेर बस्दै आएका कसिम नाम गरेका ती लडाकु बम विस्फोट, हत्या जस्ता अपराधका लागि खोजीको सूचिमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ५९ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले