सांकेतिक तस्वीर

देश/प्रदेश

ने‍पाली राहदानी विश्वकै कमजोर सूचीमा

By खबरहब

July 20, 2022

काठमाडौँ- विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री अध्ययनमा देखाइए अनुसार नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको हो ।

अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको छ । जापान एक नम्बरमा रहँदै विश्वभर उत्कृुष्ट पासपोर्टमा पर्न सफल भएको छ । संसारका कति मुलुकहरूले भिसाबिनै प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सो सूची तयार गरिन्छ ।

जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् । जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न सक्छन् ।

दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देश घुम्न सकिन्छ ।