ने‍पाली राहदानी विश्वकै कमजोर सूचीमा « Khabarhub

ने‍पाली राहदानी विश्वकै कमजोर सूचीमा


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री अध्ययनमा देखाइए अनुसार नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको हो ।

अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको छ । जापान एक नम्बरमा रहँदै विश्वभर उत्कृुष्ट पासपोर्टमा पर्न सफल भएको छ । संसारका कति मुलुकहरूले भिसाबिनै प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सो सूची तयार गरिन्छ ।

जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् । जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न सक्छन् ।

दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देश घुम्न सकिन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ०८ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति