उमेशले जोडे नेपालका लागि रजत पदक « Khabarhub

उमेशले जोडे नेपालका लागि रजत पदक


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जितेका छन्।

बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपतर्फ ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् ।

टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले राईले नेपालका लागि रजत पदक जित्न सफल भएको जानकारी दिए ।

उनका अनुसार ८ खेलाडी सहभागी भएको सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक हासिल गरे ।

राईले यसअघि पनि फिटनेस फिजिकतर्फ १७० सेमी सम्मको प्रतिस्पर्धामा नेपालका लागि कास्य पदक प्राप्त गरेका थिए ।

यस्तै तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न पारेकी छिन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ११ : ५९ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा