प्रधानमन्त्री बन्नका लागि प्रचण्ड विदेश दौडाहामा छन्: एमाले महासचिव पोखरेल « Khabarhub

प्रधानमन्त्री बन्नका लागि प्रचण्ड विदेश दौडाहामा छन्: एमाले महासचिव पोखरेल


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको आरोप लगाएका छन् ।

महासचिव पोखरेलले १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको टिप्पणी गरेका हुन् ।

बुधबार काठमाडौंमा प्रेस चौतारी नेपालद्वारा आयोजित अनलाइन समाचार माध्यमका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

महासचिव पोखरेलले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गरे।

‘जति साना दलहरु मुलुकको राजनीतिमा हावी हुन्छन्, त्यति नै मुलुकले सही बाटो समाउन सक्दैन। आज के देखिन्छ ? तेस्रो/चौथो पार्टी प्रधानमन्त्री खोज्न भौँतारिइरहेको सुन्दाखेरी नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ?,’ उनले भने ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ११ : ४१ बजे

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र