हेर्दाहेर्दै संसारमा देखिएका १० परिवर्तन | Khabarhub Khabarhub

पहिले र अहिले

हेर्दाहेर्दै संसारमा देखिएका १० परिवर्तन

‘जुन हामीले सोचेका थिएनौँ, तर अहिले तीव्र भइरहेको छ’


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : हाम्रो संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ । यति तीव्र गतिमा संसारमा परिवर्तनहरू आइरहेका छन् कि हामी ती परिवर्तनलाई पछाडि फर्केर हेर्न समेत भ्याउन सकिरहेका छैनौँ ।

तर, केही वर्ष अघिका तस्वीरले भने ती परिवर्तनलाई झल्काइरहेका हुन्छन् । हामी ती पुराना तस्वीरसँग नयाँ तस्वीरलाई तुलना गरेर परिवर्तित संसारबारे बुझ्न सक्छौँ । बच्चा हुर्काउने, सूचनाको आदानप्रदान गर्ने कार्यशैली र मनोरञ्जनका क्षेत्रमा व्यापक परिवर्तन आएका झन् सजिलै देख्न सकिन्छ ।

ब्राइट साइड डटकमले यस्ता नयाँ पुराना १० वटा तस्वीरको विश्लेषण गरेको छ । जसमा हामीले कति छोटो समयमा कति ठूलो परिवर्तन आइसकेको छ भन्ने कुराको हेक्का राख्न सक्छौँ ।

जुन हामीले भौतिक र व्यवहारिक रुपमा कुनैबेला कल्पना गरेका थिएनौँ । तर अहिले यति छिटो भइरहेको छ कि हामी स्वयंम पनि त्यो गति समात्न सकिरहेका छैनौँ । जुन यसप्रकार छन्ः

१. याद छ, त्यो बेला कुनै ‘सेल्फी’ क्यामेरा थिएन,  मानिसहरु डिजिटल क्यामेराबाट नै ‘सेल्फी’ खिच्दथे । तर अहिले हात हातमा स्मार्टफोन र आइफोनबाट संसारकै उत्कृष्ट सेल्फी खिच्न सक्छौँ ।

 

२. दुबई मरियाना सन् २००७ यता यसरी परिवर्तन भएको रहेछ ।  त्यतिबेलाको दुबईमा संरचना निर्माण भइरहेका थिए । त्यतिबेला यति विशाल दुबई हुन्छ भन्ने सोचिएको थिएन । त्यसबेलाको विकास निर्माणले अहिलेको भव्य दुबई आँखा अगाडि देख्न सकिन्छ ।

 

३. मोडलिङ उद्योगमा अझ विविधता आएको छ । त्यसैगरी केही प्रख्यात व्यक्तित्वहरुमा पनि परिवर्तन देखिएको छ । जुन उनीहरु हिजो थिए । त्यो आज छैनन् । जुन आज छन् । सायद त्यो भोलि पनि धेरै परिवर्तन भइसकेका हुनेछन् ।

 

४. धेरै बच्चाहरु परम्परागत खेलौना भन्दा पनि डिजिटल सञ्चार उपकरण खेल्न थालेका छन् । जुन पहिले थिएन । हामीले किन्नुपथ्र्यो । तर अहिले जुन छ । त्यो पनि किन्न पर्छ । माध्यम धेरै परिवर्तन भएका छन् ।

 

५. हामीले केही वर्ष अघिसम्म पनि हात हल्लाएर ट्याक्सी बोलाउँथ्यौँ । अहिले हातमा रहेको स्मार्टफोनमा एपको प्रयोग गरेर घरमै ट्याक्सी बोलाउन सक्छौँ । आधुनिक प्रविधि र दूनियाँमा आएको यो परिवर्तन पनि सानो होइन ।

 

६. केही वर्ष अघि डीभीडीका क्यासेट भाडामा लिएर फिल्म हेरिन्थ्यो । अहिले स्मार्टफोनमा नै नयाँ नयाँ फिल्म हेर्न सकिन्छ । पहिले क्यासेट, सिडी, डिभिडीको प्रयोग व्यापक थियो । तर अहिले त्योभन्दा कैयौँ गुणा बढी व्यापकता नेटफिलिक्स, युट्युब जस्ता डिजिटल प्लार्टफर्मको छ ।

 

७. हाम्रो हेडफोनबाट तार हराएका छन् । अहिले ब्लुटुथबाट हेडफोन सुन्न सकिन्छ । आइफोनमा पनि धेरै परिवर्तन देखिएको छ ।

 

८. स्मार्टफोनका महत्वपूर्ण संयन्त्र आजकल स्मार्टवाचमा पनि उपलब्ध छन् । जुन हामीले केही वर्षअघिसम्म परिकल्पना पनि गरेका थिएनौँ ।

 

९. हामीलाई मन परेका फिल्मका बच्चाहरु अहिले तन्नेरी भइसके । त्यतिबेलाका ती बच्चा र अहिलेका तन्नेरीमा कति भयानक परिवर्तन छ । जुन हामी शब्दमा मात्रै व्याख्या गर्न सक्दैनौँ ।

 

१०. अहिले धेरै जनाले घरबाटै काम गरिरहेका छन् । कोरोना महामारी अगाडि घरबाट अफिसको काम गर्न असम्भव मानिन्थ्यो । तर परिस्थिती यति धेरै फेरिएको छ कि काम गर्न दूनियाँको कुनै पनि शक्तिले रोक्दैन ।

(ब्राइटसाइड लगायत एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : ५६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन