आज २०७९ साल भदौ ४ गते शनिबारको राशिफल « Khabarhub

आज २०७९ साल भदौ ४ गते शनिबारको राशिफल


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ ४ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : प्रेममा सफलता मिल्नेछ। दैनिकी सहज हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ। आफन्तबाट नै जोगिनुपर्ने समय छ।

वृष : बोलीका कारण कटुता बढ्ने भएकाले बोल्दा ख्याल गर्नुहोला। शैक्षिक क्षेत्रमा धेरै राम्रो छ। प्रेममा भने धोका पाइनेछ।

मिथुन : घर सामाजमा प्रभाव बढ्नेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी बढ्नेछन्। धार्मिक क्षेत्रबाट लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा राम्रो छ। प्रेममा सफलता मिल्नेछ।

कर्कट : उत्साह बढ्नेछ। दम्पत्तिले मिलेर गरेको कामबाट ठूलो फाइदा मिल्नेछ। पन्छीलाई अन्न दान गरे लाभ मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आम्दानी हुनेछ। श्रीमान श्रीमतीबीचको सम्बन्ध सुमधुर रहनेछ।

कन्या : प्रतिस्पर्धी निस्तेज हुनेछन्। राजनीतिमा नाम, दाम र सम्मान मिल्नेछ। विद्या, वुद्धि र परिवारको माध्यमबाट गर्ने काममा सफलता मिल्नेछ।

तुला : मानसम्मान बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। अरु क्षेत्र यथावत छ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ।

वृश्चिक : आफ्नै दैनिकीबाहेक नयाँ कामको थालनी नगरेकै राम्रो छ। लामो यात्रा पनि ननिस्कनुहोला। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो लाभ मिल्नेछ।

धनु : सोचेका काम पूरा हुनेछन्। शिक्षा, स्वास्थ्य, राजनीति र सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। गणेश भगवानलाई दुबो चढाएर अघि बढे सफलता मिल्नेछ।

मकर : धार्मिक, आर्थिक, सामाजिक, राजनीति क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेममा धोका हुनेछ।

कुम्भ : पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए नतिजा राम्रो मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक नतिजा मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

मीन : आफ्नाबाट सहयोग नमिलेपनि बाहिरबाट सहयोग मिल्नेछ। अरु क्षेत्रमा दैनिकी राम्रो छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ५ : ३७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर