मैले सिर्जना गरेका गीत संगीत आफ्नै भोगाई हुन् | Khabarhub Khabarhub

अन्तर्वार्ता

मैले सिर्जना गरेका गीत संगीत आफ्नै भोगाई हुन्

‘ढिलो चाँडो सफलता पाइन्छ, समय सबैको आउँछ’



काठमाडौँ : नेपाली मनोरञ्जन क्षेत्रका एक सुपरिचित बहुप्रतिभाशाली व्यक्ति हुन्, सुलव यम क्षेत्री । गीतकारदेखि गायक र संगीतकारसमेत गरि आफ्नो परिचय बनाएका क्षेत्री युवा पुस्तामै चिनिएका कलाकार समेत हुन् । आफ्नै आवाज र संगीतमा गित बजारमा ल्याइरहने संगीतकार क्षेत्रीका ‘भावना, अर्को जुनि, माया लायौकी’ लगायतका धेरै सिर्जनासहितको गीत बजारमा छन् । उनै गायक तथा संगीतकार क्षेत्रीसँग खबरहबका लागि सेसेमी लिम्बुले गरेको कुराकानीको सम्पादित अंशः

सांगितिक क्षेत्रमा लाग्न के कुराले तपाईलाई बढी प्रेरित गरेको थियो ?
हामी प्राय साथीहरु मिलेर च्यारिटी शो गथ्र्यौ । एकदमै क्लासमा गाएको जस्तै रफ तरिकाले च्यारिटीको लागि गाउँदा स्रोताहरुको सहयोग रहन्थ्यो । हामीले च्यारिटी, डोनेसन, कार्यक्रमहरु ग्र्दा संगीतमा केही राम्रो गर्न सक्छु भन्ने सोचले नै लागेको हो ।

तपाई गितार मात्रै बोकेर च्यारिटीमा कसरी लाग्नुभयो ?
म चाहिँ बौद्ध धर्ममा विश्वास गर्छु । बौद्ध धर्ममा विश्वास गर्नु भनेको एक अर्कालाई सहयोग गर्नु हो । विदेशीहरु त दिन्छन् नि । नेपालमा किन गर्दैन । मलाई त पुगिरहेको छ । अरुको लागि नि केही गरुम । म मेरो संगीत र आवाजबाट केही गरौँ लाग्छ ।

खुशी र सन्तुष्ट कत्तिको हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु । सफलता भनेको मात्रै नम्बर हो । भोलि कुन उचाईसम्म पुग्छु । त्यो मेरो भाग्य र मेहेनतमा निर्भर गर्छ । म अझैँ संघर्ष गर्दैछु । सबैले माया गर्नु भएको छ । त्यसैले खुशी र सन्तुष्ट छु ।

गीत संगीतमा कस्तो पर्फम गर्न रुचाउनुहुन्छ ?
प्राय म लाइभ म्युजिक गर्छु । स्टेजमा जाँदा गितार समाउँछु । लाइभ म्युजिकबाट खुशी र सन्तुष्टि छ । अनि आम्दानी पनि राम्रो हुन्छ ।

त्यतिबेला पहिलो गीत बनाउँदाको याद अहिले कत्तिको आउँछ ?
मेरो पहिलो गीत स्टोरी बेसमा लेखेको थिए । त्यति खेर म स्टुडियो छिरेको थिइन् । स्टुडियो त्यति राम्रो थिएन । ठिकै थियो । तर पनि मैले गीत रेकर्ड गरे । गीत बजारमा ल्याएर छाडेँ ।

गीत कस्तो अवस्थामा बढी लेख्नुहुन्छ ?
मैले लेख्ने गीतहरु प्राय मेरो ब्यक्तिगत घटनासँग नै सम्बन्धित हुन्छ । म कस्तो अवस्था परिस्थितिमा छु भन्ने कुरा मेरो गितहरुबाट नै थाहा हुन्छ । लिरिक्स र म्युजिक एकाअर्कासँग सम्बन्धित हुन्छ जस्तो मलाई लाग्छ । मान्छे जस्तो अवस्थाबाट गुज्रिरहेको हुन्छ । त्यस्तै गित सुन्ने, लेख्ने र गाउने गर्दछ ।

गीत संगीतमा भविष्य बनाउने सोच छ वा अरु पनि केही योजना छ ?
एकदमै म्युजिक फिल्डमा लागेर मात्रै अगाडि बढ्न सकिन्छ । तर आईडियाहरु लगाउनु पर्छ ।

गीत संगीतमा आफ्नो सिर्जना सफल बनाउन के के कुरा बढी चाहिन्छ ?
मैले कतिपय राम्रो गितहरु पनि नचलेको अवस्थामा बसिरहेको पनि देख्छु । यो सबै समय र भाग्यमा भर पर्छ जस्तो लाग्छ । मेहेनतसँगै समय र भाग्यले साथ दियो भने राम्रो हुन्छ ।

अब यो क्षेत्रमा निरन्तरता दिन के गर्नु पर्छ होला ?
आर्ट र म्युजिक भनेको पार्ट बनाएर आफ्नो अरु काम र अध्ययन गरिरहनु पर्छ । म्युजिकलाई प्यासन बनाएर अरु काम पनि गर्नु पर्छ । अनि मोटिभेसन राखेर हिड्न पर्छ ।

सफल संगीतकार कसलाई मान्नुहुन्छ ?
यहाँ धैरै सक्सेसफुल म्युजिक्सियन हुनुहुन्छ । जस्तै सजन राज बैध्य, सुसान्त केसी, स्वप्न सुमन, हितेस जग, समीर श्रेष्ठ हुनुहुन्छ । मेरो लागि त्यस्तो एक जना छैन ।

नेपाली बाहेक भिन्नभिन्न भाषाका गितहरु पनि गाउनु सक्नु हुन्छ ? यो चाँही कसरी सम्भव भयो ?
पहिलो लकडाउनको बेला मैले नेपाली इङलिस गित गाउदै थिए । मेरो दाई अन्जन थापा हुनुहुन्छ । उहाँले नेपाली इंग्लिस गित मात्रै कति गाउने अरु नि गाउन सिक्नु भन्नू भयो । दाईको जापानीज भाषा सिकाउन कन्सल्टेन्सी छ । दाईले जापानीज गित साइयो नारा सजेस्ट गर्नु भाको थियो । मैले त्यो गित सिकेर दाईलाई सुनाएको थिए । अनि दाईले राम्रो छ भन्नेर जापानीज गित मात्रै होईन अरु नि सिक्न सक्छु भनेर त्यसरी नै अरु भाषाको गित नि सिक्दै गए । मेरो प्रेरणा अन्जन दाइ हो । त्यो समयमा मैले मेरो सामाजिक संजाल चलाउन बन्द गरेको थिए । सामाजिक संजालले हाम्रो मेन्टल हेल्थ, मष्तिष्कलाई असर गरिरहेको हुदो रहेछ भन्ने महशुस गरे । सामाजिक संजालको प्रयोग नगर्दा दिमागले पनि तिब्र गतिमा कुराहरु लिन थालेको महसुस पनि गरे । त्यसकारण म सामाजिक संजालको प्रयोग कम गर्न सबैलाई सल्लाह दिन चाहन्छु । सामाजिक संजालको कम प्रयोगले धेरै सिर्जनशिल काम गर्न सकिन्छ ।

अब चाहिँ कुन गीत ल्याउँदै हुनुहुन्छ ?
एक दुई महिनापछि मेरो नयाँ गित मुस्कान ल्याउन लाग्दै छु । मुस्कान गित चाहिँ लब म्युजिकमा आउँदै छ ।

गीत संगीतमा लाग्न चाहने अरु व्यक्तिलाई के सल्लाह दिन चाहनु हुन्छ ?
गीत संगीतलाई भबिष्य बनाउन चाहनु हुन्छ भन्ने कामलाई निरन्तरता दिनुपर्छ । सफलताको पछाडी मात्रै भाग्नु हुँदैन । यो सोच्नुस कि म्युजिकलाई आफ्नो लाइफको एक भाग सम्झिनुस् । सफलता भएन भनेर नछोड्नु होला । आफ्नो समय आउँछ । निरन्तर लागि रहनु । कोहिले चाडै सफलता प्राप्त गर्ला त कोहि ढिलो होला । तर आफ्नो म्युजिकलाई नछोड्नुस । समय सबैको आउँछ ।

(प्रस्तुति : समिता श्रेष्ठ)

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : २७ बजे

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको

सफा हिमाल अभियान दुई मानव शव सङ्कलन

काठमाडौं – नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल

विकास प्रयासमा असफलता स्वीकार्दै प्रधानमन्त्री दाहाल, किन देखाउँदैछन्‌ २० चुनौती ?

काठमाडौं – १० वर्षे सशस्त्र संघर्ष त्याग्दै संसदीय मूलधारको बाटो

लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

सुनसरी- सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली प्रहार गरेर नियन्त्रणमा