बडिगाडमा भिडियो एक्स–रे र इसीजी सेवासञ्चालनमा  « Khabarhub

बडिगाडमा भिडियो एक्स–रे र इसीजी सेवासञ्चालनमा 


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो । यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध थिएन । गाउँपालिकाले स-शुल्क फार्मेसी सेवासमेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

‘गर्भवतीका लागि भिडियो एक्सरे कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ’, भण्डारीले भने, ‘ स-शुल्क फार्मेसीबाट सरकारी स्वास्थ्य संस्थामा पाइनेबाहेकका औषधि नजिकैबाट बिरामीले पाउने छन् ।’ उनका अनुसार औषधिमा गाउँपालिकाले सहुलियत दिनेछ । छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा देखिने कुपोषणको समस्या समाधान तथा उपचारसमेत स्वास्थ्यचौकीबाट सुरु भएको भण्डारीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ११ : १९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले