बडिगाडमा भिडियो एक्स–रे र इसीजी सेवासञ्चालनमा  « Khabarhub

बडिगाडमा भिडियो एक्स–रे र इसीजी सेवासञ्चालनमा 


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रेइसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्स–रेइसिजी सेवा सञ्चालनमा ल्याएको हो । यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध थिएन । गाउँपालिकाले स-शुल्क फार्मेसी सेवासमेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

‘गर्भवतीका लागि भिडियो एक्सरे कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ’, भण्डारीले भने, ‘ स-शुल्क फार्मेसीबाट सरकारी स्वास्थ्य संस्थामा पाइनेबाहेकका औषधि नजिकैबाट बिरामीले पाउने छन् ।’ उनका अनुसार औषधिमा गाउँपालिकाले सहुलियत दिनेछ । छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा देखिने कुपोषणको समस्या समाधान तथा उपचारसमेत स्वास्थ्यचौकीबाट सुरु भएको भण्डारीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ११ : १९ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका