२२ औं बागमती नदी महोत्सवको उद्घाटन  « Khabarhub

२२ औं बागमती नदी महोत्सवको उद्घाटन 


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि २२ औं बागमती नदी महोत्सव आयोजना गरिएको छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्‌टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले आयोजना गरेको महोत्सव थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्‌टिङको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न भेषभुषासहितकाे झाँकी प्रर्दशन गरिएको थियो । बागमती नदी महोत्सवको शहरी विकासमन्त्री मेटमणी चौधरीले उद्घाटन गरेका थिए ।

सो क्रममा मन्त्री चौधरीले आगामी दिनमा बागमती नदी संरक्षणका लागि आफूले विशेष ध्यान दिने बताए । उनले बागमती नदी बचाउन अभियानमा सरकारको तर्फबाट पनि सकारात्मक भूमिका हुने जिकिर गरे । बागमती नदी सफाइ अन्तर्गत नदि किनारमा रहेका सुकुम्वासीको पनि उचित व्यवस्थापन गर्ने उनको भनाई छ । 

धार्मिक महत्व बोकेको बागमती नदीलाई संरक्षण गर्नका लागि र सबैलाई दायित्वबोध गराउनका लागि पनि महोत्सवको आयोजना गरिएको नाराले जनाएको छ । कार्यक्रममा मन्त्री चौधरी, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह लगायत पनि र्‍याफ्‌टिङमा सहभागी भएका थिए । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १ : २९ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका