२२ औं बागमती नदी महोत्सवको उद्घाटन  « Khabarhub

२२ औं बागमती नदी महोत्सवको उद्घाटन 


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि २२ औं बागमती नदी महोत्सव आयोजना गरिएको छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्‌टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले आयोजना गरेको महोत्सव थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्‌टिङको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न भेषभुषासहितकाे झाँकी प्रर्दशन गरिएको थियो । बागमती नदी महोत्सवको शहरी विकासमन्त्री मेटमणी चौधरीले उद्घाटन गरेका थिए ।

सो क्रममा मन्त्री चौधरीले आगामी दिनमा बागमती नदी संरक्षणका लागि आफूले विशेष ध्यान दिने बताए । उनले बागमती नदी बचाउन अभियानमा सरकारको तर्फबाट पनि सकारात्मक भूमिका हुने जिकिर गरे । बागमती नदी सफाइ अन्तर्गत नदि किनारमा रहेका सुकुम्वासीको पनि उचित व्यवस्थापन गर्ने उनको भनाई छ । 

धार्मिक महत्व बोकेको बागमती नदीलाई संरक्षण गर्नका लागि र सबैलाई दायित्वबोध गराउनका लागि पनि महोत्सवको आयोजना गरिएको नाराले जनाएको छ । कार्यक्रममा मन्त्री चौधरी, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह लगायत पनि र्‍याफ्‌टिङमा सहभागी भएका थिए । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १ : २९ बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार