माओवादी पदाधिकारीमा २१ सदस्य « Khabarhub

माओवादी पदाधिकारीमा २१ सदस्य


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो प्रयासपछि नेकपा (माओवादी केन्द्र)  ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको नाम प्रस्ताव  गरेका हुन् । 

माओवादी केन्द्रीय कार्यालयका अनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको छ । यो प्रस्ताव केही समय पहिल्यै गरिएको भए पनि आजको बैठकमा पुनः पेश गरिएको छ ।

यस्तै महासचिवमा देवप्रसाद गुरुङलाई प्रस्ताव गरिएको छ । पार्टी महाधिवेशन सम्पन्न भएको आठ महिना अध्यक्ष दाहालले २१ सदस्यीय पदाधिकारी चयन गर्ने गरी प्रस्ताव गरिएको हो । माओवादीले गत पुसमा आठौं महाधिवेशनको आयोजना गरेको थियो ।

स्रोतका अनुसार उपमहासचिवमा नेता हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत प्रस्तावित छन् । 

त्यस्तै सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम प्रस्ताव गरिएको छ । यसैगरी कोषाध्यक्षमा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाललाई प्रस्तावित गरिएको छ । यो प्रस्तावलाई बैठकले छलफलसहित अनुमोदन गर्ने तयारी छ । लामो समयसम्म पदाधिकारी चयन हुननसकेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताबाट आलोचना भइरहेको सन्दर्भमा त्यसलाई टुङ्गो लगाउन खोजिएको पार्टीले जनाएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ५ : १९ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने