लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


४ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशंकर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

उनीहरूलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध नाइट्रोभेट छ सय ट्याब्लेट, डाइजेपाम नौ सय ३० एम्पुलसहित बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार बिहीबार बिहान वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नंको यात्रुवाहक बसलाई हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार रञ्जितले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषधी बरामद भएको थियो ।

बरामद लागूऔषधका बारेमा सोधपुछ गर्दा जटाशंकररले पठाएको भनी खुल्न आएको र रञ्जित बसभन्दा अगाडि ना २६ प ७९८० नंको मोटरसाइकलमा चितवनतर्फ गएको भनी बताएपश्चात् निजलाई समेत साथमा लिई चितवनतर्फ जाँदै गर्दा लोथरस्थित सडक किनारमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

बरामद लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ५ : ४२ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज