मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर) « Khabarhub

मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– राष्ट्रिय एकता अभियानको युवा विभागले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागीहरुले जिहादी प्रबर्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दुराष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।बानेश्वरमा पुगी कोण सभामा परिणत भएको र्‍यालीमा सयौँको संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।

कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले बीआरआई सम्झौता र जिहादी प्रबर्धक मुस्लिम आयोग तत्काल खारेजी गर्नुपर्ने बताए । बीआरआई सम्झौता राष्ट्रघाती भएको उनको आरोप छ ।

त्यस्तै अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशी, लगायत युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विधार्थी परिषद्का महासचिव पप्पू यादव लगायतले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रबर्धक मुस्लिम आयोग तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए । बीआरआई राष्ट्रघाती भएको उनको आरोप छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : ४४ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा