मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर) « Khabarhub

मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– राष्ट्रिय एकता अभियानको युवा विभागले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागीहरुले जिहादी प्रबर्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दुराष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।बानेश्वरमा पुगी कोण सभामा परिणत भएको र्‍यालीमा सयौँको संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।

कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले बीआरआई सम्झौता र जिहादी प्रबर्धक मुस्लिम आयोग तत्काल खारेजी गर्नुपर्ने बताए । बीआरआई सम्झौता राष्ट्रघाती भएको उनको आरोप छ ।

त्यस्तै अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशी, लगायत युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विधार्थी परिषद्का महासचिव पप्पू यादव लगायतले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रबर्धक मुस्लिम आयोग तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए । बीआरआई राष्ट्रघाती भएको उनको आरोप छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : ४४ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२