नेतृत्व आर्थिक मोहबाट मुक्त बन्नुपर्दछ : उपसभापति गुरुङ « Khabarhub

नेतृत्व आर्थिक मोहबाट मुक्त बन्नुपर्दछ : उपसभापति गुरुङ


४ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समाज र देशको नेतृत्व गर्छु भन्ने जो कोही आर्थिक मोहबाट मुक्त हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिको तेस्रो अधिवेशन तथा तीज विशेष कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै बदल्न नसकिएको विद्यमान अवस्थामा नेतृत्वमा जानेहरू पारदर्शी एवं जनउत्तरदायी बन्नुपर्ने बताए ।

देशका पूर्वपदाधिकारीका नाममा राज्यबाट लिइने सुविधा छोड्नुपर्ने बताउँदै उनले नेतृत्वमा इमान्दरिता र जिम्मेवारिता अपरिहार्य भएको बताए । उनले नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई अझै बलियो बनाउँदै देखिएका बिकृति, विसङ्गति अन्त्य गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिका माध्यमबाट पार्टी सङ्गठनमा खेलेको भूमिकाको प्रशंसा गरे । कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार एवं पर्यटन व्यवसायी कृष्णकुमार श्रेष्ठले पार्टी सङ्गठनलाई बलियो बनाउनका लागि आर्थिक पारदर्शिता, कार्यकताको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ९ : २४ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ