नेतृत्व आर्थिक मोहबाट मुक्त बन्नुपर्दछ : उपसभापति गुरुङ « Khabarhub

नेतृत्व आर्थिक मोहबाट मुक्त बन्नुपर्दछ : उपसभापति गुरुङ


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समाज र देशको नेतृत्व गर्छु भन्ने जो कोही आर्थिक मोहबाट मुक्त हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिको तेस्रो अधिवेशन तथा तीज विशेष कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै बदल्न नसकिएको विद्यमान अवस्थामा नेतृत्वमा जानेहरू पारदर्शी एवं जनउत्तरदायी बन्नुपर्ने बताए ।

देशका पूर्वपदाधिकारीका नाममा राज्यबाट लिइने सुविधा छोड्नुपर्ने बताउँदै उनले नेतृत्वमा इमान्दरिता र जिम्मेवारिता अपरिहार्य भएको बताए । उनले नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई अझै बलियो बनाउँदै देखिएका बिकृति, विसङ्गति अन्त्य गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिका माध्यमबाट पार्टी सङ्गठनमा खेलेको भूमिकाको प्रशंसा गरे । कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार एवं पर्यटन व्यवसायी कृष्णकुमार श्रेष्ठले पार्टी सङ्गठनलाई बलियो बनाउनका लागि आर्थिक पारदर्शिता, कार्यकताको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : २४ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२