भारतलाई एक खेल अगावै एकदिवसीय सिरिज « Khabarhub

भारतलाई एक खेल अगावै एकदिवसीय सिरिज


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- भारतले दोस्रो एकदिवसीय खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।

हरारेमा शनिबार भएको खेलमा भारतले घरेलु टोलीलाई ५ विकेटले हराएको हो । यस जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिज एक खेल अगावै २–० ले जितेको छ ।

जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको भारतले २५.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका विकेटकिपर सञ्जु स्यामसनले ३९ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए ।

ओपनर शिखर धवन २१ बलमा ४ चौकासहित ३३ रन, कप्तान लोकेश राहुल १, ईशान किशन ६ र दीपक हुडा २५ रनमा आउट भए । शुभमन गिल ३४ बलमा ६ चौकासहित ३३ रनमा आउट भए । जिम्बावेका ल्यूक जोंगवेले सर्वाधिक दुई विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको जिम्बाबेले ३८ ओभर १ बलमा अलआउट हुनु अघि १ सय ६१ रन बनाएको थियो ।

उसका लागि सेन विलियम्सले ४२ तथा रायन बर्लले अविजित ३८ रन बनाए । ईनोसेन्ट काई तथा सिकन्दर राजाले समान १६/१६ तथा ब्राड इभान्सले ९ रन बनाए ।

पाहुना टोलीका लागि शार्दुल ठाकुरले ३ तथा कुलदिप यादव,प्रसिद्ध कृष्णा, अक्षर पटेल, मोहम्मद सिराज र दिपक होडाले समान १/१ विकेट लिए। दुई टोलीबीचको तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ५२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर