लागुऔषधसहित विमानस्थलबाट एक जना पक्राउ « Khabarhub

लागुऔषधसहित विमानस्थलबाट एक जना पक्राउ


४ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्जबाट काठमाडौँ लैजान लागिएको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई आज यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज विमानस्थलबाट लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन)सहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

नेपालगञ्जबाट काठमाडौँ जान लागेको जहाजबाट लागुऔषध ब्राउनसुगर लैजान लागिएको गोप्य सूचना पाएको प्रहरीले रोहनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

विमानस्थलको यात्रु कक्षमा आराम गरिरहेका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २५ वर्षीय रोहन शाहलाई ६४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रनाउ घर्तीले बताए ।

उनी नेपालगञ्जबाट काठमाडौँ यति एयरको जहाजबाट जाँदै थिए । दुई प्लास्टिकको पोकामा राखेको उक्त ब्राउनसुगरसहित पक्राउ परेका रोहनमाथि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  १० : १६ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा