आशा लघुवित्तको तीन लाख कित्ता संस्थापक सेयर बिक्री खुला « Khabarhub

आशा लघुवित्तको तीन लाख कित्ता संस्थापक सेयर बिक्री खुला


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ। लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ।

यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ। यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी सेयर बिक्री गर्न लागिएको हो।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : २८ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण