कैलाली बाढी : ‘वस्तुभाउ पनि खान नपाएर मर्ने भए’ | Khabarhub Khabarhub

कैलाली बाढी : ‘वस्तुभाउ पनि खान नपाएर मर्ने भए’


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टीकापुर – कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ।

जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन्।

जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन्। सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन्।

बाढीका कारण तीन जनाको ज्यान गएको छ। बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नम्बर ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ। यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो।

बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ। घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ। बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ। सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन।

भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बसेका छन्। विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहनुभएको छ भने उनका वस्तुभाउ पनि भोकै छन्। उनलाई आफूले के खाने, वस्तुभाउलाई के खुवाउने तनाव भएको छ।

वडा नम्बर ८ कै शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहेका छन्। उनले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको बताए।

वडा नम्बर ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ। उनको परिवार वस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ।

वस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ।

शनिबार विस्थापित भएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन। उनहरू पनि वस्तुभाउसहित सडकमा बस्नुभएको छ। विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ। बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ। यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ।

खुला आकाशमा सडकमै इसरा सुनारको परिवारको पनि बिचल्ली छ। उनको घरखेत सबै बाढीमा मिसिएकाले उनको परिवार र उनले पालेका वस्तुभाउको आहारामा समस्या भएको छ।

भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुवस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताए।

पशु शाखा प्रमुख जैसी आजबाट पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताए।

नगरपालिकाद्वारा सहयोगको अपिल

भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ। नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पुर्याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : १२ बजे

शान्ति सम्झौता भएन भने युक्रेनी नेता संकटमा : ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष

प्रचण्डले भने- जनताले पाएका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो

कैलाली– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व

ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं– ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले

सुदूरपश्चिम स्पोट्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

धनगढी–  ‘छैटौँ सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य

परम्परागत खेतीको विकल्प खोज्दै शैलुङका किसान 

दोलखा– जिल्लाको शैलुङ गाउँपालिका–५ का किसानहरू नगदे बाली तोरीखेतीप्रति आकर्षित