यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाले आजका लागि तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आलु लगायत केही तरकारीको भाउ बढेको छ भने केहीको भाउ घटेको छ ।

आइतबार प्रतिकेजी ६१ रुपैयाँ रहेको रातो आलुको भाउ आज बढेर प्रतिकेजी ६७ रुपैयाँ पुगेको छ । मुडेको आलु प्रतिकेजी ५६ रुपैयाँ रहेकोमा आज बढेर ६५ रुपैयाँ ६७ पैसा, २७३ रुपैयाँ ३३ पैसा रहेको कागती बढेर २७६ रुपैयाँ ६७ पैसा पुगेको छ ।

त्यस्तै, यसअघिको तुलनामा खुर्सानीको भाउ भने घटेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको खुर्सानी आज घटेर ५५ रुपैयाँ कायम भएको हो । त्यस्तै, घिउ सिमी र घिरौँलाको भाउ पनि घटेको छ । यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको लोकल सिमी घटेर ७५ रुपैयाँ, हाइब्रिड सिमी १० रुपैयाँ घटेर ८५ रुपैयाँ र ८५ रुपैयाँ रहेको घिरौँला घटेर ७५ रुपैयाँ रहेको छ ।

यसअघि प्रतिकेजी ११० रुपैयाँ रहेको टाटे सिमीको भाउ घटेर आज ९५ रुपैयाँ कायम भएको छ भने ७५ रुपैयाँ रहेको परवर घटेर ५५ रुपैयाँ, ११५ रुपैयाँ रहेको हरियो प्याज ११० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ रहेकोमा आज घटेर ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको भटमासकोशा आज घटेर ७५ रुपैयाँ, यसअघि ४२ रुपैयाँ ३३ पैसा रहेको डल्लो भन्टा आज बढेर ४५ रुपैयाँ, ४५ रुपैयाँ रहेको भिण्डी आज बढेर ५५ रुपैयाँ, २१० रुपैयाँ रहेको भुईँ कटहर २१० रुपैयाँ रहेकोमा आज बढेर २२० रुपैयाँ पुगेको छ ।

सुकेको लसुनको भाउ पनि आज घटेको छ । यसअघि प्रतिकेजी २०५ रुपैयाँ रहेको लसुन आज घटेर आज १९५ रुपैयाँ, ३७ रुपैयाँ ६७ पैसा रहेको हाइब्रिड मूला ३५ रुपैयाँ रहेको छ भने यसअघि प्रतिकेजी २२६ रुपैयाँ ६७ पैसा रहेको हरियो धनियाँ आज घटेर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : १६ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण