परदेशमा गर्ने श्रम आफ्नै देशमा गर्न युवा व्यवसायी फुयाँलकाे आग्रह « Khabarhub

परदेशमा गर्ने श्रम आफ्नै देशमा गर्न युवा व्यवसायी फुयाँलकाे आग्रह


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीका सागर फुयाँल उमेरले ३० वर्षका छन् । युवा जोस, जाँगर र नवीन विचार बोक्ने उनी आम व्यवसायी जस्तै भइसकेका छन् । बिपी यातायातमा आफ्ना बाबु रामकुमार फुयाँलले  १५ वर्ष अगाडि बस किनेर सो रुटमा गाडी चलाउँथे । गाडीमा बसेर काठमाडौँ र पूर्वका ठाउँहरूमा सागरले सहचालकको काम गरे । यहीँबाट सुरु भयो फुयाँलको स्वरोजगारको यात्रा ।

नेपालमै व्यवसायी बन्ने हुटहुटीले उनले कक्षा १२ अध्ययन गर्दागर्दै व्यावसायिक सम्भावनाका माध्यम खोजिसकेका थिए । सुरुमा उनले बाबुको सहयोगमा बर्दिबासमै रक्षा ट्रान्सपोर्टको सुरुवात गरे । ट्रान्सपोर्टको व्यवसायमा सफल बन्दै गएपछि फुयाँलले आफ्नै सहर बर्दिबासमा अन्य सम्भावना खाेजे ।

उनले लामो समयदेखि बर्दिबास हरेक हिसाबले वातावरणमैत्री हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए । पछिल्लो समय सवारीसाधनको चाप, धुलो, धुवाका कारण वातावरण अस्तव्यस्त बनिरहेका वेला फुयाँलले विद्युतीय सवारी सोरुमको सुरुवात गरेका छन् । धुवा नफ्याँक्ने, आवाज नआउने, पेट्रोल जरुरत नपर्ने भएकाले विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएको छ ।

यही लोकप्रियतालाई क्यास गर्न उनले बर्दिबासमा एभरग्रिन अटो मोटिभ्स नामक विद्युतीय सवारीसाधनको सप्लाइ सुरुवात गरेका छन् । शनिबार मात्र औपचारिक सुरुवात गरेका फुयाँलले सात वटाभन्दा बढी सवारीसाधन बेचिसकेका छन् । जसको मूल्य न्यूनतम ४५ लाखबाट सुरु हुन्छ । अहिले उनी मासिक लाखभन्दा बढी कमाउँछन् ।

‘पछिल्लो समय राजनीतिले युवालाज्ञ झोले बनाएको छ, कुनै नेताको चाकरीमा रमाउने र अगाडि पछाडि लागेर फोटो खिचाउने संस्कारको विकासले युवाहरूमा सकारात्मक सोचलाई विस्थापन गरिदिएको छ,’ फुयाँल भन्छन् । सम्भावना र अवसर आफ्नै अगाडि भएको बताउँदै उनले युवाहरूका पाखुरा स्वदेशमै बजारिनुपर्ने बताउँछन् ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ११ : १६ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ