परदेशमा गर्ने श्रम आफ्नै देशमा गर्न युवा व्यवसायी फुयाँलकाे आग्रह « Khabarhub

परदेशमा गर्ने श्रम आफ्नै देशमा गर्न युवा व्यवसायी फुयाँलकाे आग्रह


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीका सागर फुयाँल उमेरले ३० वर्षका छन् । युवा जोस, जाँगर र नवीन विचार बोक्ने उनी आम व्यवसायी जस्तै भइसकेका छन् । बिपी यातायातमा आफ्ना बाबु रामकुमार फुयाँलले  १५ वर्ष अगाडि बस किनेर सो रुटमा गाडी चलाउँथे । गाडीमा बसेर काठमाडौँ र पूर्वका ठाउँहरूमा सागरले सहचालकको काम गरे । यहीँबाट सुरु भयो फुयाँलको स्वरोजगारको यात्रा ।

नेपालमै व्यवसायी बन्ने हुटहुटीले उनले कक्षा १२ अध्ययन गर्दागर्दै व्यावसायिक सम्भावनाका माध्यम खोजिसकेका थिए । सुरुमा उनले बाबुको सहयोगमा बर्दिबासमै रक्षा ट्रान्सपोर्टको सुरुवात गरे । ट्रान्सपोर्टको व्यवसायमा सफल बन्दै गएपछि फुयाँलले आफ्नै सहर बर्दिबासमा अन्य सम्भावना खाेजे ।

उनले लामो समयदेखि बर्दिबास हरेक हिसाबले वातावरणमैत्री हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए । पछिल्लो समय सवारीसाधनको चाप, धुलो, धुवाका कारण वातावरण अस्तव्यस्त बनिरहेका वेला फुयाँलले विद्युतीय सवारी सोरुमको सुरुवात गरेका छन् । धुवा नफ्याँक्ने, आवाज नआउने, पेट्रोल जरुरत नपर्ने भएकाले विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएको छ ।

यही लोकप्रियतालाई क्यास गर्न उनले बर्दिबासमा एभरग्रिन अटो मोटिभ्स नामक विद्युतीय सवारीसाधनको सप्लाइ सुरुवात गरेका छन् । शनिबार मात्र औपचारिक सुरुवात गरेका फुयाँलले सात वटाभन्दा बढी सवारीसाधन बेचिसकेका छन् । जसको मूल्य न्यूनतम ४५ लाखबाट सुरु हुन्छ । अहिले उनी मासिक लाखभन्दा बढी कमाउँछन् ।

‘पछिल्लो समय राजनीतिले युवालाज्ञ झोले बनाएको छ, कुनै नेताको चाकरीमा रमाउने र अगाडि पछाडि लागेर फोटो खिचाउने संस्कारको विकासले युवाहरूमा सकारात्मक सोचलाई विस्थापन गरिदिएको छ,’ फुयाँल भन्छन् । सम्भावना र अवसर आफ्नै अगाडि भएको बताउँदै उनले युवाहरूका पाखुरा स्वदेशमै बजारिनुपर्ने बताउँछन् ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ११ : १६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने