समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन « Khabarhub

समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको सिट बाँडफाँटमा जुटेको छ ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धन आबद्ध दलहरु मंगलबार प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्ष नेताहरूको प्रत्यक्षतर्फको सिटको भागबन्डा मिलाउन बैठक बसिरहेको हो ।

आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : २४ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि