डेंगुलाई ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार « Khabarhub

डेंगुलाई ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि र्‍यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको हो ।

पछिल्ला दिनमा डेंगुको संक्रमण देशव्यापी बनेको छ । सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा डेंगु पुष्टि भएको छ । डेंगुले यो वर्ष २१ जनाको मृत्यु भइसकेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८.६७ प्रतिशत संक्रमित छन् । काठमाडौँमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सात वटै प्रदेशमा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

मन्त्रालयले डेंगु सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : ४३ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि