अवैध लागूऔषधसहित सात जना पक्राउ   | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित सात जना पक्राउ  


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ भृकुटीचोकबाट एक ग्राम ब्राउन सुगरसहित ३३ वर्षीय रेबन कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका-३ बस्ने नवलपरासी घर भएका कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल छेउबाट ३० ग्राम ब्राउन सुगरसहित दमक नगरपालिका-१ बस्ने २१ वर्षीय मनोज कुमाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

कञ्चनपुरको बेलौरी नगरपालिका-२ बैजुडाँडाबाट २१ ग्राम ९९ मिलिग्राम खैरो हेरोईनसहित सोमबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन् ।

प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले से।७ प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटस्थित नेपाल-भारत सीमाक्षेत्रबाट करिब ७ सय ५० मिलिग्राम खैरो हिरोईनसहित जोशिपुर गाउँपालिका–३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी कुशुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ मज्गैबाट करिब ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय सुदन गिरी र सोही उपमहानगरपालिका-१० बस्ने ३९ वर्षीय बलदेव शाह रहेका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु।८९ प २०२१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : ५२ बजे

जेन-जीबाटै प्रधानमन्त्री भइहाल्नुस् : रेशम चौधरी

काठमाडौं– जेन-जीबाटै प्रधानमन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम

संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न राष्ट्रपतिको अपिल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने

जनकपुरधामको सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु

काठमाडौं– जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका

प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

काठमाडौँ- अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका