दसैँको अवसरमा भैरहवामा सस्तो बजार सञ्चालन हुने « Khabarhub

दसैँको अवसरमा भैरहवामा सस्तो बजार सञ्चालन हुने


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- दसैँ पर्वको अवसरमा भैरहवामा सस्तो बजार सञ्चालन हुने भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेश मै किनमेल गर्ने बानी बसालौँ’ भन्ने नाराका साथ ११ देखि १४ असोजसम्म सस्तो बजार सञ्चालन हुन लागेको हो ।

सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तालाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोग बढाउन र आउँदै गरेको नेपालीको चाडपर्वमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले संघले सस्तो बजार आयोजना गर्न लागेको हो ।

उद्योगी, व्यवसायीहरूसँगको सहकार्यमा उपभोक्तालाई सर्वसुलभ रूपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरिने गरी करिब डेढ दर्जन स्टल बजारमा रहने बस्तुगत मेला तथा व्यवसाय प्रवर्द्धन समितिका संयोजक अर्जुन कार्कीले बताए । चार दिनको बजारबाट केही हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक गतिविधि बढ्ने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरूको प्रचारप्रसार हुने र आम उपभोक्ताले सर्वसुलभ रूपमा उपभोग्य वस्तु खरिद गर्ने अवसर प्राप्त हुने कार्कीको भनाइ छ ।

दसैँ सस्तो बजारमा साल्ट ट्रेडिङसहित खाद्यान्न, जुत्ता चप्पल, दुई पाङग्रे अटो मोबाइल लगायतका वस्तुको बिक्री तथा प्रदर्शन हुने छ । दसैँ बजारमा ४० देखि ५० लाख रुपैयाँको कारोबार हुने अनुमान संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले गरेका छन् ।

दसैँ र तिहारलगायतका चाडबाडमा भारतीय सीमावर्ती बजार सुनौलीमा नेपालीको घुइँचो लाग्ने गर्छ । बिदेसिने नेपाली रुपैयाँलाई नेपाली बजारमै रोक्ने संघको उद्देश्य छ । यसले मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने छ, बजारमा स्टलबाट ५ देखि २० प्रतिशतसम्म छुट उपभोक्ताले पाउने अध्यक्ष न्यौपानेले भने ।

दसैँ बजारको सफलताका लागि र उपभोक्ताहरूलाई खरिद गर्न आह्वान गर्दै आ-आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने संघको जोड छ । संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेको अध्यक्षता, कार्यसमिति सदस्य अर्जुन कार्कीको स्वागत तथा महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्य लगायतले सामान किन्न सीमा पारी जाने उपभोक्तालाई निरुत्साहित गर्दै स्वदेशी बजारलाई चलायमान बनाउनुपर्ने बताए ।

२०११ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्थापनाकाल देखि नै यस क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध तथा क्रियाशील रहँदै आएको छ । नजिकै सीमा क्षेत्रमा रहेको बजारले भैरहवा क्षेत्रको पसल दसैँमा सके सुनसान रहेकोले भन्सार क्षेत्रमा कडाइ गर्नुपर्ने बताए । कतिपय सामान नेपालमै सस्तो भए पनि यहाँका उद्योगी व्यवसायीले उपभोक्तालाई बुझाउन नसक्दा नेपाली उपभोक्ता बाहिरिने गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : ५६ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

बाढीका कारण विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास

काठमाडौं– अविरल वर्षापछि आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष