निर्माता रघु परियार समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा  « Khabarhub

निर्माता रघु परियार समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा 


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्मका निर्माता तथा राजनीतिज्ञ रघु परियार नेपाली जनता दलको तर्फबाट समानुपातिक बन्दसूचीको नम्बर १ मा परेका छन् ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली जनता दलले सोमबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उनको नाम पहिलो नम्बरमा रहेको छ ।

अन्तर्राष्ट्रिय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझेको युवा भएकोले उनको नाम पहिलो स्थानमा सिफारिस गरिएको दलले जनाएको छ । आसन्न प्रतिनिधिसभा २७५ सांसद रहनेछन् । जसमा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

नेपाली जनता दलका वरिष्ठ उपाध्यक्षसमेत रहेका रघुले आफ्नो नाम पहिलो स्थानमा सर्वसम्मत रूपमा चयन भएकोमा खुसी व्यक्त गरे । ‘मलाई मेरो कर्मको फल प्राप्त भए जस्तो लागेको छ । मैले गरेको मेहनतले नै मलाई पार्टीबाट सर्वसम्मत रूपमा समानुपातिक तर्फको बन्दसूचीमा १ नम्बरमा राखिएको छ’, उनले भने ।

निर्माता रघुले केही दिनअघि मात्र बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा ‘सायरा’ निर्माणको घोषणा गरेका छन् । पुस्करसँग उनको नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

फिल्मलाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दैछन् । अस्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी , कविता नेपाली लगायतको अभिनय रहनेछ । फिल्म आउँदो अक्टोबरमा छायांकन हुने तयारी गरिँदैछ । रघुले पहिलो फिल्म ‘वीरांगना’ निर्माण गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ०६ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच