माइतीघरमा नागरिकताविहीनको धर्ना (फोटो फिचर) « Khabarhub

माइतीघरमा नागरिकताविहीनको धर्ना (फोटो फिचर)


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्नामा बसेको छ । नागरिकता विधेयक २०७९ लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समितिआवद्ध व्यक्तिहरूले धर्ना दिएका हुन् । 

‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानर र प्लेकार्डसहित समितिले धर्ना दिएको छ । 

संघीय संसद्का दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि गत २० भदौमा राष्ट्रपति कार्यालय पठाइएको छ । तर, हालसम्म उक्त विधेयक प्रमाणीकरण गरिएको छैन । 

यसअघि उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित संसद्मा फिर्ता पठाएकी थिइन् । पुनः संघीय संसद्का दुवै सदनले पारित गरेर दुई साताअघि प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाइएको छ । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ५९ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा