नेपालमा डेंगुका बिरामीको संख्या साढे १७ हजार नाघ्यो « Khabarhub

नेपालमा डेंगुका बिरामीको संख्या साढे १७ हजार नाघ्यो


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ ।

हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

२०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगु देखिएको छ ।

यस्तै, प्रदेश १ मा ५६०, मधेस प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : २३ बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।