नेपालमा डेंगुका बिरामीको संख्या साढे १७ हजार नाघ्यो « Khabarhub

नेपालमा डेंगुका बिरामीको संख्या साढे १७ हजार नाघ्यो


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ ।

हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

२०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगु देखिएको छ ।

यस्तै, प्रदेश १ मा ५६०, मधेस प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : २३ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का