देशका तेह्र जिल्ला कोरोनामुक्त « Khabarhub

देशका तेह्र जिल्ला कोरोनामुक्त


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका तेह्र जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाँची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार पाँच सय १२ परीक्षणमध्ये ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। 

देशभर एक सय ६० कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यो दर प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार छ सय १९ पुगेको छ । यस्तै होम आइसोलेसनमा एक हजार पाँच सय ५८, संस्थागत आइसोलेसनमा ६१, सघन उपचार कक्ष (आइसियु) मा १९ जनाको उपचार भइरहेको छ । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : ०३ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको