पाकिस्तानले रुसबाट इन्धन आयात गर्ने « Khabarhub

पाकिस्तानले रुसबाट इन्धन आयात गर्ने


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल सुरु गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भर्खरै भएको भेटपछि एक वरिष्ठ सरकारी अधिकारीले यस विषयमा भएको छलफलबारे जानकारी दिएका हुन् ।

उज्बेकिस्तानको समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनको सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो ।

पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनका अनुसार रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यताबारे छलफल भएको र रुसले यस प्रस्तावलाई सकारात्मक रूपमा लिएको पाकिस्तानी दाबी छ ।

पूर्वप्रधानमन्त्री इमरान खानले अप्रिलमा आफूलाई पदच्युत गराउनुको पछाडि अमेरिकाको हात रहेको बारम्बार आरोप लगाउँदै आएका छन् ।

तत्कालीन प्रधानमन्त्री इमरानले ‘स्वतन्त्र विदेश नीति’ अपनाएको र विशेषगरी रुससँगको सम्बन्धलाई गहिरो बनाएका कारण आफूले सजाय पाएको बताउँदै आएका छन् ।

इमरान खानले नयाँ सरकारलाई अमेरिकाको ‘कठपुतली’ भन्दै आएका छन् । द एक्सप्रेस ट्रिब्यूनका अनुसार शहबाज र पुटिनबीचको भेटपछि रुसी पक्षले जारी गरेको नोटमा पाकिस्तान सरकारसँग रुसी पक्ष काम गर्न इच्छुक नभएको कुनै सङ्केत दिइएको छैन ।

रुसी कम्पनी र कुलीन वर्गलाई प्रतिबन्ध लगाएर र अन्यलाई व्यापारिक कालोसूचीमा थपेर युक्रेन विरुद्धको युद्धका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सजाय दिन अमेरिकाले सहयोगीहरूसँग मिलेर काम गरिरहेको बताइएको छ ।

यसैबीच, जुनमा अमेरिकाले युक्रेन द्वन्द्वमा रुसलाई सहयोग गरेको भन्दै चीन र पाकिस्तानका ३६ कम्पनीलाई कालोसूचीमा राखेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रुसको सैन्य र रक्षा औद्योगिक आधारलाई सहयोग गरेको भन्दै चीनका पाँच कम्पनीलाई व्यापारिक कालोसूचीमा राखेको छ ।

कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार रूस, युएई, लिथुआनिया, पाकिस्तान, सिंगापुर, बेलायत, उज्बेकिस्तान र भियतनाम लगायत देशहरूका ३१ संस्थालाई पनि कालोसूचीमा थपिएको छ । थपिएका ३६ कम्पनीमध्ये २५ वटा चीनमा आधारित रहेर सञ्चालित थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ०४ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद