ग्रिस र टर्कीले वार्ता गर्नुपर्छ : ग्रिक प्रधानमन्त्री « Khabarhub

ग्रिस र टर्कीले वार्ता गर्नुपर्छ : ग्रिक प्रधानमन्त्री


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी भूमध्यसागरका परम्परागत प्रतिद्वन्द्वी मुलुकहरु टर्की र ग्रिसबीच तनाव मत्थर हुन नसकेको अवस्थामा दुई छिमेकी मुलुक वार्तामा संलग्न हुनुपर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् ।

प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले स्थानीय रेडियो स्टेशन स्फेरासँगको अन्तर्वार्तामा वार्ता सधैं फलदायी नभए पनि वार्ता भने गरिनुपर्ने बताएका हुन् ।

‘हामीलाई के कुराले एकताबद्ध गर्छ र के कुराले हामीलाई विभाजित गर्छ त्यो दुबै देशका जनताले बुझेका छन्, त्यसैले हामीले हाम्रो मतभेद घटाउनुपर्छ । विवाद रातारात समाधान हुँदैनन् तर वार्ता भने जारी राख्नुपर्छ जसले एकदिन समस्या समाधानको बाटोमा लैजान्छ ।’ उनले भने ।

प्रधानमन्त्रीले भने एजियन र भूमध्यसागरमा सामुद्रिक र ऊर्जा विवादलगायत विभिन्न मुद्दाहरूले गर्दा दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेको छ ।

पछिल्लो समय विभिन्न घटनालाई लिएर दुबै पक्षले एक अर्काविरुद्ध कडा टिप्पणी गर्दै आएका छन् ।

‘हामीसँग बलियो गठबन्धन र सशस्त्र बलहरू छन् । सबैलाई थाहा छ कि उनीहरू ग्रीससँग जिस्किन चाँहदैनन् प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भनेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने