ग्रिस र टर्कीले वार्ता गर्नुपर्छ : ग्रिक प्रधानमन्त्री « Khabarhub

ग्रिस र टर्कीले वार्ता गर्नुपर्छ : ग्रिक प्रधानमन्त्री


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी भूमध्यसागरका परम्परागत प्रतिद्वन्द्वी मुलुकहरु टर्की र ग्रिसबीच तनाव मत्थर हुन नसकेको अवस्थामा दुई छिमेकी मुलुक वार्तामा संलग्न हुनुपर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् ।

प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले स्थानीय रेडियो स्टेशन स्फेरासँगको अन्तर्वार्तामा वार्ता सधैं फलदायी नभए पनि वार्ता भने गरिनुपर्ने बताएका हुन् ।

‘हामीलाई के कुराले एकताबद्ध गर्छ र के कुराले हामीलाई विभाजित गर्छ त्यो दुबै देशका जनताले बुझेका छन्, त्यसैले हामीले हाम्रो मतभेद घटाउनुपर्छ । विवाद रातारात समाधान हुँदैनन् तर वार्ता भने जारी राख्नुपर्छ जसले एकदिन समस्या समाधानको बाटोमा लैजान्छ ।’ उनले भने ।

प्रधानमन्त्रीले भने एजियन र भूमध्यसागरमा सामुद्रिक र ऊर्जा विवादलगायत विभिन्न मुद्दाहरूले गर्दा दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेको छ ।

पछिल्लो समय विभिन्न घटनालाई लिएर दुबै पक्षले एक अर्काविरुद्ध कडा टिप्पणी गर्दै आएका छन् ।

‘हामीसँग बलियो गठबन्धन र सशस्त्र बलहरू छन् । सबैलाई थाहा छ कि उनीहरू ग्रीससँग जिस्किन चाँहदैनन् प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भनेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने