मत्स्य व्यवसायीले नियन्त्रणमा लिएका भारतीय माछा नष्ट गरियो « Khabarhub

मत्स्य व्यवसायीले नियन्त्रणमा लिएका भारतीय माछा नष्ट गरियो


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

चितवन– मत्स्य व्यवसायीले आज पनि भरतपुर महानगरपालिका–१ रामनगरबाट दुई हजार किलो भारतीय माछा नियन्त्रणमा लिएका छन् । उक्त माछा प्रहरी र पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रतिनिधिको रोहवरमा आज नष्ट गरिएको छ । पछिल्लो केहि दिन यता भारतीय माछा नियन्त्रणमा मत्स्य व्यवसायीहरु आक्रामक बनेका छन् ।

आज बिहान लु २ च ६८५८ नम्बरको बोलेरोमा ५० कार्टुनमा ल्याइएको रहु र पंगास जातका भारतीय माछा व्यवासायीले नियन्त्रणमा लिएको हुन् । भारतीय माछाको रुपन्देहीको राधिका मत्स्य फर्मको नाममा किर्ते भेटेरिनरी प्रमाण पत्र बनाएर भन्सार छली गरी अवैध रुपमा काठमाडौं लैजान थालिएको अवस्थामा नियन्त्रणमा लिईएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।

नवलपरासीको रामग्राम नगरपालिका–४ का अनिल केवटले राधिका मत्स्य फर्मको नाममा चार लाख ५४ हजार रुपैयाँको बिल बनाएर अवैध रुपमा माछा ल्याएको पाईएको हो । हिजो ९सोमबार० पनि व्यवसायीले ६२० केजी भारतीय माछा नियन्त्रणमा लिएर नष्ट गरेका थिए । मस्त्य व्यवसायीले हेटौंडा र सिन्धुलीबाट नियन्त्रणमा लिएको माछा पनि आज नष्ट गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ४२ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि