चिनियाँ कम्पनीद्वारा पाकिस्तानी जलविद्युत परियोजनाको मर्मत कार्य ठप्प « Khabarhub

चिनियाँ कम्पनीद्वारा पाकिस्तानी जलविद्युत परियोजनाको मर्मत कार्य ठप्प


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ कम्पनीले पाकिस्तानको नीलम झेलुम जलविद्युत परियोजनामा मर्मतको काम ठप्प पारेको छ ।

पाकिस्तानको प्रशासनमा रहेको कश्मीरमा निर्मित ९६९ मेगावाट क्षमताको जलविद्युत परियोजनाबाट चिनियाँ कम्पनी पछि हटेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उक्त परियोजनामा काम गर्ने इन्जिनियर एवम् अन्य कर्मचारीले काम गर्न छाडेको बताइएको छ । यसअघि विद्युत र ऊर्जाको अभाव भएदेखि गत जुलाई महिनायता उक्त परियोजना बन्द छ ।

उक्त परियोजनाको सुरुङमा समस्या देखिएको छ । चिनियाँ पक्षले स्थानीयहरुको विरोध प्रदर्शन र पाकिस्तान सरकारले उचित सुरक्षा बन्दोबस्त गर्न नसकेका कारण काम त्यागेको प्रतिक्रिया दिएको एएनआईले जनाएको छ ।

चिनियाँ पक्षले काम गर्न छाडेपछि हाल पाकिस्तान र चीनबीचको सम्बन्धमा चिसोपन आएको विश्लेषण गरिएको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : २७ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं