चोरीको मोटरसाइकल सहित एक जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चोरी गरेको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका एक घर भई बौद्ध बस्ने २७ वर्षीय पेमा तामाङ रहेका छन् ।

हराएका मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निगरानी एवं खोजतलास गर्न खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नयाँबस्तीबाट उनलाई नियन्त्रणमा लिएको हो।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२३ प ९३४४ नम्बरको कालो रातो २२० पल्सर मोटरसाइकल चलाई रहेको अवस्थामा तामाङलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलको वास्तविक बाग्मती प्रदेश ०२–०२४ प८५५० रहेको खुल्न आएको छ। सो मोटरसाइकल काठमाडौं बालाजु बाइपासमा पार्किङ गरी राखेको ठाउँ बाट हराएको थियो ।

पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकल चोरी मुद्दा अनुसन्धान कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : ३६ बजे

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका