चोरीको मोटरसाइकल सहित एक जना पक्राउ | Khabarhub Khabarhub

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चोरी गरेको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका एक घर भई बौद्ध बस्ने २७ वर्षीय पेमा तामाङ रहेका छन् ।

हराएका मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निगरानी एवं खोजतलास गर्न खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नयाँबस्तीबाट उनलाई नियन्त्रणमा लिएको हो।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२३ प ९३४४ नम्बरको कालो रातो २२० पल्सर मोटरसाइकल चलाई रहेको अवस्थामा तामाङलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलको वास्तविक बाग्मती प्रदेश ०२–०२४ प८५५० रहेको खुल्न आएको छ। सो मोटरसाइकल काठमाडौं बालाजु बाइपासमा पार्किङ गरी राखेको ठाउँ बाट हराएको थियो ।

पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकल चोरी मुद्दा अनुसन्धान कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : ३६ बजे

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४