नवौँ राष्ट्रिय खेलकुदको आज भव्य समापन हुँदै « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदको आज भव्य समापन हुँदै


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ।

आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ : ३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ ।

यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम गरिनेछ ।

गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदमा हालसम्म विभागीय त्रिभुवन आर्मी क्लवले तीन सय १४ पदक जितेर शीर्ष स्थानमा छ । प्रतियोगितामा सेना च्याम्पियन बन्ने निश्चित भएको हो । उसले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ ।

यसैगरी नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित एक सय ५८ पदकसहित द्वितीय र एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित एक सय ७६ पदक जितेको छ । आयोजक गण्डकी प्रदेश प्रदेशमा पदकमा अग्रस्थानमा छ । गण्डकीले हालसम्म २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय छ पदक जितेको छ ।

यसैगरी बागमती प्रदेशले २२ स्वर्ण,४२ रजत र ५९ कास्यसहित एक सय २३ पदक, एनआरएनएले १० स्वर्ण आठ रजत र छ कास्यसहित २४ पदक, प्रदेश नं १ ले नौ स्वर्ण, २२ रजत र ४४ कास्यसहित ७५ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण छ रजत र ३३ कास्यसहित ४७ पदक र मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २१ कास्यसहित ५९ पदक जितेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशले चार स्वर्ण, १८ रजत र ३७ कास्यसहित ५९ पदक जित्दा कर्णाली प्रदेश दुई स्वर्ण, तीन रजत र ११ कास्यसहित १६ पदक जितेर पदक तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ७ : ५१ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।