पोखरीमा डुबेर एक महिलाको मृत्यु « Khabarhub

पोखरीमा डुबेर एक महिलाको मृत्यु


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरमा पोखरीमा डुबेर एकको ज्यान गएको छ। त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको ज्यान गएको हो।

गाईबस्तु चराएर घर फर्काउने बेला हात खुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन्।

गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली उद्धार गरी बाहिर ल्याउदा ज्यान गइसकेको थियो।

मृतकको शब उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १० : १९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ