भीरबाट लडेर एक वृद्धको मृत्यु | Khabarhub Khabarhub

भीरबाट लडेर एक वृद्धको मृत्यु


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका-१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टेसालको भिरबाट लडेर उनको मृत्यु भएको हो । गमाल बाटोबाट झण्डै ८० मिटर तल खसेका घटनास्थलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा उनी र उनका दाजु भत्ता बुझेपछि हिँड्दै घर फर्किँएका थिए । गए राति गमाल भीरबाट लडेको अवस्थामा स्थानीयवासीले देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १२ : ४९ बजे

म्याग्दी पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

माछा कुदेर समुद्रमा छाल उठ्दैन

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ सन् १९५८

खोटाङमा १४३ जनाको आँखाको शल्यक्रिया

खोटाङ– नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा

चर्चामा १२ भाइ : गृहमन्त्रीदेखि गोविन्द केसीसम्म

काठमाडौं- पछिल्लो समय नेपालको राजनीति उतारचढावपूर्ण, विवादास्पद एवं बैरागलाग्दो देखिएको