नवौँ राष्ट्रिय खेलकुद : एथ्लेटिक्समा आर्मी च्याम्पियन « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : एथ्लेटिक्समा आर्मी च्याम्पियन


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भिडन्तमा आर्मीले १९ स्वर्णपदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्यगरी कूल ४५  पदक हात पार्‍यो ।

त्यसैगरी सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो स्थानमा रह्यो । एपिएफले १० स्वर्ण, १० रजत र १० कांस्यसहित कूल ३० पदक जित्दै दोस्रो बनेको हो । प्रतियोगितामा नेपाल प्रहरी क्लब तेस्रो बन्यो । प्रहरीले दुई स्वर्ण, सात रजत र छ कांस्यसहित कूल १५ पदक जितेर तेस्रो स्थानमा रहेको हो । बागमती प्रदेशले दुई स्वर्ण, एक रजत र चार कांस्य पदक जित्यो भने लुम्बिनीले दुई स्वर्ण, चार रजत र एक कांस्य जित्यो । गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्य जित्यो । त्यसैगरी कर्णाली प्रदेशले एक स्वर्ण र एक रजत तथा सुदूरपश्चिमले एक कांस्य पदक जितेको छ । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराजले पुरस्कार तथा पदक प्रदान गरे ।

त्रिभुवन आर्मी क्लबमा आबद्ध धाविका २१ वर्षीय जयरानी थारुले पाँच स्वर्ण पदक हात पारिन ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा पाँचवटा स्वर्ण पदक हात पार्ने उनी एक्ली खेलाडी बन्न सफल भइन् । पाँच स्पर्धामा भाग लिएकी जयरानीले सबै स्पर्धामै स्वर्ण जितेकीमा  तीन वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । उनले एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा स्वर्ण जितिन् भने चार सय मिटर हर्डल्स र १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितिन् ।

 जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक हात पारिन् । आजै भएको चार गुणा चार सय मिटर रिलेमा पनि उनले स्वर्ण पदक हात पारिन् । यसैगरी एथ्लेटिक्सअन्तर्गतको पुरुषतर्फको खेलमा सबैभन्दा बढी पदक जित्ने खेलाडी शिवराज पार्की भए । एपिएफका खेलाडी उनले नवौँ राष्ट्रिय खेलमा तीन स्वर्ण पदक हात पारे । शिवराजले दुई सय मिटर पुरुष, एक सय मिटर दौड र रिलेमा स्वर्णपदक हात पारेका हुन् । 

त्यसैगरी महिला १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीपक अधिकारीले कीर्तिमान बनाएका थिए । चार सय मिटर हडल्समा पुरुषतर्फ सोमबहादुर कुमालले र महिलातर्फ रमिताकुमारी भारुले नयाँ कीर्तिमानी बनाए । तीन सय मिटर स्टिपल चेसमा दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमान बनाउँदा लङजम्पको पुरुषतर्फ सलिम देवानले राष्ट्रिय कीर्तिमान कायम गरे । एथ्लेटिक्समा आर्मी, एपिएफ, प्रहरी, प्रदेश नम्बर १, मधेश प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडीले भाग लिएका थिए । 

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  २ : ३४ बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको