माटोको भाँडावर्तन किन्नेको भीड « Khabarhub

माटोको भाँडावर्तन किन्नेको भीड


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

राजविराज- सप्तरीको राजविराजस्थित हटियामा लक्षमीपूजा अर्थात् दिपावली पर्वको अवसर पारेर बजारमा माटोको दियोसहित भाँडावर्तन किन्नेको दैनिक भीण्ड लाग्न थालेको छ । लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोको भाँडावर्तनदेखि विभिन्न पूजाका सामग्री किन्नेको चहलपहल बढेको हो।

कुमाल जातीले बनाउने माटाको मूर्तिलगायत अन्य सरसामान अति नै शुद्ध हुने भएकोले यसको बिक्रीवितरण वृद्धी भएको जनाइएको छ । परम्परादेखि पूजापाठमा मिट्टी अर्थात् माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोको भाँडो लक्षमीपूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढेको कुमाल रामकुमार पण्डितले बताए । 

चाडपर्व नजकिँदै गर्दा ठाउँ-ठाउँमा माटोको भाँडा, फलफूल, विभिन्न मूर्तिका सामान र माटोको भाँडामा ढकनी, दीप, घैलोलगायत सामग्री खरिदबिक्री भइरहेको व्यापारीहरू बताउँछन् । साथै नयाँ भाँडा चोखो हुने हुनाले पनि त्यसको पनि बिक्री भइरहेको छ । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइन्लगायत ग्रामीण भेगका बजारमा पनि सुनदेखि नूनसम्मका सामानको किनमेल भइरहेको छ ।

यही कात्तिक ७ गते सोमबार हुने दीपावलीका लागि सजावटका समानसहित दीप, मैनवत्ती अगरबत्ती, लड्डु र प्रसादका समानसमेत खरिद–बिक्री बढेको सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–१ भारदहका मिठाई व्यवसायी जुगेश्वर साहले बताए । शनिबारदेखि यमपञ्चकअन्तर्गत लक्ष्मीपूजा गाईपूजा, भरदुतीयाका साथै छठपर्वमा यस्ता सामानको प्रयोग बढी हुन्छ । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  २ : ५० बजे

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको