माटोको भाँडावर्तन किन्नेको भीड « Khabarhub

माटोको भाँडावर्तन किन्नेको भीड


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

राजविराज- सप्तरीको राजविराजस्थित हटियामा लक्षमीपूजा अर्थात् दिपावली पर्वको अवसर पारेर बजारमा माटोको दियोसहित भाँडावर्तन किन्नेको दैनिक भीण्ड लाग्न थालेको छ । लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोको भाँडावर्तनदेखि विभिन्न पूजाका सामग्री किन्नेको चहलपहल बढेको हो।

कुमाल जातीले बनाउने माटाको मूर्तिलगायत अन्य सरसामान अति नै शुद्ध हुने भएकोले यसको बिक्रीवितरण वृद्धी भएको जनाइएको छ । परम्परादेखि पूजापाठमा मिट्टी अर्थात् माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोको भाँडो लक्षमीपूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढेको कुमाल रामकुमार पण्डितले बताए । 

चाडपर्व नजकिँदै गर्दा ठाउँ-ठाउँमा माटोको भाँडा, फलफूल, विभिन्न मूर्तिका सामान र माटोको भाँडामा ढकनी, दीप, घैलोलगायत सामग्री खरिदबिक्री भइरहेको व्यापारीहरू बताउँछन् । साथै नयाँ भाँडा चोखो हुने हुनाले पनि त्यसको पनि बिक्री भइरहेको छ । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइन्लगायत ग्रामीण भेगका बजारमा पनि सुनदेखि नूनसम्मका सामानको किनमेल भइरहेको छ ।

यही कात्तिक ७ गते सोमबार हुने दीपावलीका लागि सजावटका समानसहित दीप, मैनवत्ती अगरबत्ती, लड्डु र प्रसादका समानसमेत खरिद–बिक्री बढेको सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–१ भारदहका मिठाई व्यवसायी जुगेश्वर साहले बताए । शनिबारदेखि यमपञ्चकअन्तर्गत लक्ष्मीपूजा गाईपूजा, भरदुतीयाका साथै छठपर्वमा यस्ता सामानको प्रयोग बढी हुन्छ । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  २ : ५० बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी