राजधानी र राजनीति सफा गर्छु : पौडेल « Khabarhub

राजधानी र राजनीति सफा गर्छु : पौडेल


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं ५ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गरेका छन् । बिहीबार काठमाडौं ५ का मतदातालाई अपिल जारी गर्दै उनले काठमाडौं ५ मा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्ट्रिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।

‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवश्यक छ । पर्यावरणमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी, राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिरासा छाएको छ । त्यसकारण मेरो संकल्प छ- म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु,’ उनले अपिलमा भनेका छन् ।

उनले आफूलाई प्राप्त भएको अवसर खेल नफाल्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृतिको स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ । मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यावसाय फस्टाउँछ भनेर राजनीतिमा हामफालेको होइन । राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ ।

क्षेत्र नम्बर ५ का मतदाताहरूले खोजेको बेला भेटिने छोरो, भाइ, दाइ, साथी र जनप्रतिनिधिको रुपमा प्रदीप तपाईँहरूमाझ सँगै उभिने छ । नेतृत्वले चाहने हो भने के के सम्भव छ भन्ने कुरा म स्थापित गर्न चाहन्छु । आगामी पाँच वर्षको यो अवसरलाई म किमार्थ खेर जान दिने छैन,’ पौडेलले अपिलमा भनेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ४ : ५८ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय