१३०० भन्दा बढी म्यादी प्रहरी परिचालन हुने « Khabarhub

१३०० भन्दा बढी म्यादी प्रहरी परिचालन हुने


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ ।

हाल उनीहरूलाई तालिम दिने काम भइरहेको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । ललितपुरका विभिन्न नौं स्थानमा तालिमको व्यवस्था गरिएको छ ।

१० दिनको तालिमपछि उनीहरूलाई मतदान केन्द्रहरूमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । नियुक्त गरिएका म्यादी प्रहरीमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले बताए ।

सरकारले हरेक निर्वाचनमा सुरक्षाको व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पुराना म्यादी प्रहरीहरूलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ५ : ४७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन