विश्वकप फुटबल आज कतारमा सुरु हुँदै « Khabarhub

विश्वकप फुटबल आज कतारमा सुरु हुँदै


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप फुटबल आज सुरु हुँदैछ। विश्वकपको २२ औँ संस्करणको उद्घाटन खेल आज सुरु हुन लागेको हो।

६० हजार दर्शक क्षमताको अल बायत रङ्गशालामा कतार विश्वकपको भव्य उद्घाटन हुन लागेको हो। उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुँदैछ। उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी  लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।

यस पटकको विश्वकपमा सहभागी ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई देश अघिल्लो चरणमा प्रेवेश गर्नेछन्।

विश्वकपको विजेताले चार करोड २० लाख डलर पुरस्कार पाउनेछ भने उपविजेताले तीन करोड डलर पाउँदा तेस्रो हुनेले दुई करोड ७० लाख र चौंथो हुनेले दुई करोड ५० लाख डलर पाउनेछन्।

विश्वकपका सबै खेल कतारमा बनेका आठ वटा रंगशालामा हुनेछन्। प्रतियोगिता ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : २२ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड