देशभर एकसाथ मतदान सुरु | Khabarhub Khabarhub

देशभर एकसाथ मतदान सुरु

एक करोड ७९ लाख मतदाता, २२ हजार २२७ मतदान केन्द्र


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आइतबार बिहान ७ बजेबाट देशैभर एकसाथ मतदान सुरु भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान ७ बजेदेखि सुरु भएको मतदात साँझ ५ बजेसम्म हुने जानकारी दिए। नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी गरेर मतदान सुरु गरिएको उनको भनाइ छ।

उनले ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वानसमेत गरेका छन्। देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन्।

त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ। ४ लाख ५० हजार अस्थायी मतदाता छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन्। प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन्।

चुनावका लागि गृहमन्त्रालयले शनिबार मध्यरातिबाट यातायात बन्द गरिसकेको छ। तर, मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक सवारी पास लिएका सवारीसाधन र अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन हुनेछन्।

सरकारले निर्वाचनको अवसरमा आइतबार र सोमबारका लागि देशभर सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ०१ बजे

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख